बागमती प्रदेशसभाको बैठक असार २९ गते – News Nepal Media
Trend

बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।

उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ ।

बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु


TOP