
नवलपुर, असार २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक करिव ४ फिट भासिएका कारण राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
राजमार्ग मर्मतको काम भइरहे पनि कतिबेला खुल्छ भन्ने एकिन नभएकाले यो मार्ग भएर यात्रा गर्ने सम्पूर्णलाई बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । हिउँदमा समेत समस्या हुने दाउन्ने खण्डमा वर्षामा थप समस्या हुने गरेको छ ।

सामान्य पानी पर्दा पनि चिल्लिएर गाडी गुड्न नसक्ने र ठूलो पानी पर्दा सडक भासिने र पहिरो जाने समस्याका कारण यो मार्ग भएर यात्रा गर्नु निक्कै कष्टकर हुँदै आएको छ । चिनीयाँ ठेकेदार कम्पनीले विस्तारका लागि सडक भत्काएको तर समयमै मर्मत नगर्दा वर्षामा थप समस्या हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।