बिहिबार , जेठ ९, २०८२
पहिराले घर पुरिँदा एकजना हराए – News Nepal Media
Trend

धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो ।

रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्काे घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।

ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP