आइतबार , जेठ १२, २०८२
युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल – News Nepal Media
Trend

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गर्नुभएको छ ।

वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उहाँले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तारजस्ता कार्यले दिगो पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले युएनडिपीजस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सरकार पर्यटन बोर्ड दिगो पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडिपीको लामो समयदेखि योगदान निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले युएनडिपीको सहयोगमा सञ्चालिन जीविकोपार्जनका लागि पर्यटन पुनःरुत्थान कार्यक्रम (एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथाा पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुगको जानकारी दिनुभयो ।

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब छ हजारलाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संस्थासँग सहकार्यमा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP