हुम्लामा अनन्ते मेला – News Nepal Media
Trend

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ मा मौलिक सांस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले धुमधामका साथ मनाउने मनाएका छन् । वडा नं ४ छिप्रा, मजा गाउँवासीले अनन्ते मेला विशेष महत्वका मनाउने गर्दछन् ।

यस्तै यो मेला सोही गाउँपालिकाको वडा नम्बर १ को गोप्का, पिउस गाउँमा समेत मनाइने गरिन्छ । अनन्ते मेला महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवका रुपमा लिने गरिएको वडा नम्बर ४ का बासिन्दा अफिल रोकायाले बताउनुभयो ।

यो मेलालाई यहाँका स्थानीयले यसलाई यतिमा मात्र सीमित नराखेर जिल्लाका हरेक देउडा संस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकता दिने गरिएको रोकायाले बताउनुभयो । महिला पुरुष एक अर्काबीच जीवन जगत्का सुख दुःखका कुरा, प्रेमका प्रसङ्ग र विकास निर्माण राजनीतिका कुरा देउडा गीतबाटै पोख्ने गरिन्छ । दुई दिनसम्म लाग्ने यो मेलामा युवा, बूढापाखाले रातदिन देउडा खेल्ने गरेको यहाँका स्थानीयले बताउने गरेका छन् ।

आफन्तसँगको भेटघाट र मित्रता गाँस्न मिल्ने तथा देउडा गीतकै भाकाबाट मनोरञ्जन लिने पर्वका रुपमा अनन्तेको पहिचान भएको पाइन्छ । छिमेकी गाउँ टोल, लेक खर्क बेसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने तथा रमाइलो गर्ने गरेको पाइन्छ ।

मेलामा मष्ठो, हिल्सो, ल्वासुर लगायतका देवताको पूजापाठ गर्नुका साथै ग्रह दशाका लागि भन्दै बोकाको बलि दिने चलनसमेत रहेको छ । विभिन्न देवताले आ आफ्नो अवतारसमेत देखाउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP