बागमती प्रदेशको सभामुख पदको लागि आज मनोनयन दर्ता हुँदै: राप्रपाबाट सभामुखमा २ जनाको दाबी – News Nepal Media
Trend

बागमती प्रदेशको सभामुखका पदको लागि आज मनोनयन दर्ता हुँदै छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडामा आज बिहान सभामुख र उपसभामुखको पदको लागि उम्मेदवारी दर्ता गर्न समय तय भएको छ।

बिहीबार प्रदेशसभाका सभामुख पदको निर्वाचनका लागि बिहान १०ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको
प्रदेश सभा सचिवालयले जनाएको छ । आजै २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरिएको छ ।

प्रदेश सभा सचिवालयको अनुसार आजै अपराह्न ४ बजेभित्र सभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यपालिका रहेको रहेको छ।

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको कृष्ण हरि खड्का सचिव खड्काले बताए ।

यस्तैगरी प्रदेशसभाका सभामुखका लागि सत्ता गठबन्धन तर्फको राप्रपाबाट २ जनाले दाबी गरेका छन् । राप्रपाबाट सभामुखका लागि राजु विष्टले दाबी गरेका छन् । सभामुखको उम्मेदवारका लागि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले महामन्त्री भुवन पाठकको नाम अघि सारेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP