कावासोती १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन – News Nepal Media
Trend

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन गरिएको छ ।

शनिबार भएको कल्बको अधिबेशनले नन्दराम महतोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती सदस्य चयन गरिएको कल्बका सचिब ओमकार घिमिरेले जानकारी दिए । चयन भएको नया कार्यसमितीमा अध्यक्ष नन्दराम महतो, उपाध्यक्ष सम्भु अधिकारी, निरु गौतम सचिब ओमकार घिमिरे सह सचिब डिल्लीराम मुखिया र कोषाध्यक्ष सञ्जु चौधरी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा उपेन्द्र केसी,गुन बहादुर महतो,शान्ती थनेत,जानकी सुवेदी पंगेनी , सिखाराम मुखिया, महेन्द्र बस्नेत,दिपक खतिवडा रहेका छन् ।

२०५९ मा गठनभएको बिहानी युवा कल्बले सामाजिक काम साथै खेलकुद र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । कल्बले गएको दशैमापनि टोलस्तरिय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP