सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार हिजो मङ्गलवारकै मूल्यमा कारोबार सुरु गरिएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । मगलबार आजैको मूल्यमा सुनको कारोबार भएको थियो । हिजो एकै दिन १६ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ कायम रहेको थियो । आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय