शुक्रबार , जेठ १०, २०८२
नेपाल अमेरिकासँग पराजित – News Nepal Media
Trend

आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो ।

अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए । छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन÷तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न पुगेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए ।

अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो ।

आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ । नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP