करेन्ट लागेर दाङमा एकजनाको मृत्यु – News Nepal Media
Trend

दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो । गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP