विपन्नलाई निःशुल्क रगत – News Nepal Media
Trend

बिरामीलाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारको लगानी बढाउन नेपाल रेडक्रस सोसाइटीका निकाय, रक्तदाता सङ्घसंस्था र नागरिक समाजले गरिरहेको पहलले अर्को सफलता प्राप्त गरेको छ ।

काठमाडाँैस्थित कान्ति बाल अस्पताल महाराजगञ्ज र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले यही असार १ गतेदेखि निःशुल्क रगत सेवा पाउने भएको छन् । यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँबीच सम्झौता भएको छ । सो सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गर्नुभएको थियो । यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ ।

यसअघि काठमाडौँको वीरअस्पताल र टोखा चन्डेश्वरी अस्पतालमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले गत चैतदेखि निःशुल्क रगत सेवा पाउने गरी केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँबीच सम्झौता भएको थियो ।

काठमाडौँका अन्य सरकारी अस्पतालमा पनि यो सेवा विस्तार गर्न पहल भइरहेको छ । बागमती प्रदेशको अरू जिल्लामा पनि यस्तै खालको सम्झौता हुन लागेका विभागका निर्देशक पौडेलले जानकारी दिनुभयो । यसअघि कीर्तिपुर र टोखा नगरपालिकाका बासिन्दालाई निःशुल्क रक्तसेवा उपलब्ध गराउन पालिका र रेडक्रसबीच सम्झौता भइसकेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा प्रदेश सरकारको आर्थिक सहयोगमा गत फागुन १ गतेदेखि रेडक्रसका निकायले निःशुल्क रक्तसेवा सुरु गरिसकेका छन् । अन्य प्रदेशमा पनि विभिन्न पालिकाको आर्थिक सहयोगमा ती पालिका क्षेत्रमा निःशुल्क सेवा अभियान बढ्दै छ । यस अभियानलाई अघि बढाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव, नेतृत्व र निकायमा आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा नेपाल रेडक्रसले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP