कावासोती वडा नं ७ का माछापालक किसानलाई वडाले ८ लाख बराबरको दाना बितरण – News Nepal Media
Trend

कावासोती | माछापालनको हब बन्दै आएको कावासोती नगरपालिका वडा नं ७ का माछापालक किसानलाई वडाले ८ लाख बराबरको दाना बितरण गरेको छ । आईतबार एक कार्यक्रम गरेर ब्याक्तिगत तथा समुहगत रुपमा माछापालनमा सक्रिय किसानहरुलाई वडाले ११ हजार ६ सय ७८ केजी दाना बितरण गरिएको वडा अध्यक्ष गोबिन्द प्रसाद महतोले जानकारी दिनुभयो ।

दिगो आयआर्जन र माछापालनमा अत्मनिर्भर होस भनेर ५० प्रतिशत लागत वडाले बेहोरेर दाना बितरण गरिएको सचिब रेनुका चालिसेले बताउनुभयो । वडा नं ७ कृष उर्भर भुमि भएकोले यस भन्दा अगाडीपनि वडाले मकैको बिउ,आलुको बिउ , गहुको बिउ धानको बिउ लगायतको बितरण गर्दै आएकोमा यसपाली माछापालक किसानलाई लक्षित गरि ४ लाख वडाले र ४ लाख किसानले बेहोर्ने गरेर ११ हजार ६ सय ७८ केजी दाना बितरण गरिएको सचिब चालिसेले बताउनु भयो ।

कावासोती ७ को अधिकांस क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यबर्ति सग जोडिएको र जङ्गली जनावरले बाली खाने प्रमुख समस्याले गर्दा किसानहरु माछापालनमा आर्कषित भएका छन् । यस्तोमा माछापालक किसानलाई लक्षित गरेर वडाले दाना बितरण गर्दा आफुहरु खुशि भएको नमुना कृष्णसार माछापालक समुहका अध्यक्ष देबराज सुब्बाले बताए । आउने दिनमापनि वडाले यसरीनै माछापालक किसानलाई राहात हुनेगरी काम गर्नेमा आफुहरु आसाबादी रहेको सुब्बाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP