एमाले अखिलमा श्रीमति अध्यक्ष, श्रीमान महासचिव – News Nepal Media
Trend

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार उनी अनेरास्ववियुको अध्यक्षमा चयन भएकी हुन् ।
केन्द्रीय सचिवालयको बैठकले उनलाई अध्यक्षमा चयन गरेको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुको उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अखिलको इतिहासमा पहिलो एकै घरबाट अध्यक्ष महासचिव बनेकाहुन । एमालेको बिद्यार्थी संगठन अखिलको अहिलेको नेतृत्व छनोटमा भने अनौठो संयोग बनेको छ। अध्यक्ष बनेकी सुनिता बराल र महासचिव बनेका समिक बडाल श्रीमान श्रीमती समेत हुन ।

पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए ।

महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् । उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् ।

अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP