मर्दी ‘टे«किङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार – News Nepal Media
Trend

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलव्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ«े गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय पूर्वाधार’ निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मर्दी ट्रेकिङ रुटको मेलबोट–अस्ताम खण्डमा पैदलमार्ग, पार्क, रेलिङलगायतका संरचना तयार गरिएको हो ।

गत वर्षदेखि मेलबोट–झिझिर्का–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पैदलमार्ग तथा पर्यटकीय पूर्वाधार र पार्क निर्माणको योजना अघि सारिएको हो । मेलबोटबाट पदयात्रा सुरु भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना छ ।

गण्डकी प्रदेश सरकारको गत वर्ष विनियोजन गरेको रु २५ लाख बजेटबाट पर्यटकीय पूर्वाधार र विभिन्न संरचना निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं पर्यटन व्यवसायी विश्व अधिकारीले बताउनुभयो । उहाँका अनुसार ३०० मिटर ढुङ्गाको छपनी बिछ्याएको सिँढी बाटो, ३११ मिटर रेलिङ, साइड वाल, चारवटा चौतारी र पोखरी निर्माण गरिएको छ ।

अझै चारवटा चौतारी र पोखरी पुनःनिर्माणको काम बाँकी छ । चार सामुदायिक वन क्षेत्रमा पर्ने पदयात्रा क्षेत्रमा अप्ठ्यारो स्थानमा सिँढी बाटो निर्माण गरिए पनि पैदलमार्गको काम अझै बाँकी छ । प्रदेश सरकारले चालु वर्षमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएकाले थप काम अघि बढाइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फुट्याकलगायतका पर्यटकीय पूर्वाधार निर्माणपछि पदयात्रामा आउने पर्यटक बढेका छन्, यो पैदलमार्ग रोजाइमा छ । योजनाअनुसारका कामलाई पूर्णता दिन अझै धेरै काम बाँकी छन् ।” पदयात्रा मार्गलाई अस्तामसम्म मोटरबाटोले नछुने भएकाले जङ्गलै जङ्गलभित्रबाट पदयात्रा हुनेछ । सुनझाँक्रीको थान, लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

मर्दी हिमाल पदयात्रामा जानका लागि हाल माछापुच्छ«े गाउँपालिकाको धम्पुस, कालीमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा सुरु गर्न सकिन्छ । यसैगरी माछापुच्छ«ेकै कालीमाटी तथा सिदिङबाट समेत पदयात्रा गर्न सकिन्छ । समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा सुरु गर्ने गरी पैदलमार्ग निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP