सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी – News Nepal Media
Trend

सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । तिमल्सिनाले पाँच ९३२ मत पाउनुभयो ।उपाध्यक्षमा नेपाली कांगे्रसकी कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी हुनुभयो ।

उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाउनुभयो । जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित हुनुभयो ।

स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गर्नुुभयो । निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी सुनिता थापा लामाले तीन हजार ७०७ मत पाउनुभयो । पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP