‘समाज सेवामा सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ’ – News Nepal Media
Trend

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उहाँले भन्नुभयो । उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घच्घच्याउनुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो । सामाजिक सङ्घसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उहाँको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP