सेनाद्वारा वृक्षरोपण – News Nepal Media
Trend

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको पञ्चेश्वर महादेवको मन्दिर क्षेत्रमा नेपाली सेनाले साउने सोमबारको अवसरमा २०० प्रजातिका बहुउपयोगी बिरुवा रोपण गरेको छ । नं ५ बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी मानबहादुर महराले कपुरकोे वृक्षरोपणको शुभारम्भ गर्नुभएको हो ।

उक्त गणको आयोजनामा शुभारम्भ भएको सो कार्यक्रम यही साउन ३० गतेसम्म जिल्लामा रहेका अन्य युनिटहरूले पनि सञ्चालन गर्ने बाहिनी अड्डाले जनाएको छ । डोटी जिल्लालाई विभिन्न प्रजातिका बहुउपयोगी बिरुवा रोपेर हरियाली बनाउने उद्देश्यका साथ सेनाले वृक्षरोपण अगाडि बढाएको बाहिनीपति तथा सहायकरथी महराले जानकारी दिनुभयो ।

मन्दिर क्षेत्रमा एभोकाडो, रुद्राक्ष, कपुर, कागती, अम्बा, कटहर, अमला, बेलपत्रलगायतका बिरुवा रोपण गरिएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शङ्करबहादुर कठायतले जानकारी दिनुभयो । सार्वजनिक, सामुदायिक स्थान र सेनातर्फ ब्यारेक र तालिम केन्द्रमा पनि बहुउपयोगी बिरुवा रोपणको तयारी भइरहेको सर्वेश्वर गणका गणपति तथा प्रमुख सेनानी विश्वराज थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP