तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख मा कांग्रेस निर्वाचित – News Nepal Media
Trend

तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी हुनुभएको छ ।

त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गर्नुभएको छ । ४० हजार ९६६ मतदाता रहेको भानुमा २५ हजार ५७२ मत खसेको थियो ।

तेह्र वडामध्ये कांग्रेसले नौ, एमालेले दुई र स्वतन्त्रले दुई वडामा विजय हासिल गरेको छ । भानु–१ को वडाध्यक्षमा कांग्रेसका कान्छीमाया तामाङ, वडा नं २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा कांग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा कांग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा कांग्रेसका नहकूल अधिकारी, ६ को अध्यक्षमा कांग्रेसका धीरेश खनाल, ७ को अध्यक्षमा कांग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा कांग्रेसका ईश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा कांग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा कांग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP