कामपा–३२ मा एमाले विजयी – News Nepal Media
Trend

मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ ।

नवराजले एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो ।

अध्यक्षमा विजय हुनुभएका नवराजले पाँच हजार २२५ मत प्राप्त गर्नुभएको हो भने सीतादेवीले तीन हजार १०८ मत प्राप्त गर्नुभएको बताइएको छ ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी हुनुभएको छ । महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९, र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP