📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सय विद्यार्थीलाई निःशुल्क पोशाक

🕒 June 13, 2022

भोजपुरमा एक वडा अध्यक्षले आफ्नै खर्चमा तीन वटा विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गर्नुभएको छ । हतुवागढी गाउँपालिका ८ पात्लेपानीका वडाध्यक्ष प्रेमबहादुर थापाले पोशाक वितरण गर्नुभएको हो ।

वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा– १ देखि ५ कक्षासम्मका सय विद्यार्थीलाई पोशाक वितरण गरेको जानकारी दिनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो,‘‘ विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् । सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरुपताको लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो लक्ष्य हो ।”

थापाले ती विद्यार्थीलाई टाई र पेटी दिने जानकारी दिनुभयो । थापाले आफ्नो वडाका सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्राथमिक विद्यालय र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक दिनुभएको हो ।