📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दीर्घरोगीको सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना

🕒 June 14, 2022

इलाम नगरपालिकाले दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना गर्ने भएको छ । यसका लागि कोषमा निर्वाचित नगरप्रमुखको तर्फबाट मासिक रु तीन हजार, उपप्रमुखबाट मासिक रु दुई हजार र कार्यपालिका सदस्यबाट मासिक रु एक हजार जम्मा गरिने जनाइएको छ । कोषमा नगरप्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबाट पाउने सेवा–सुविधाबाट नै कटाएर जम्मा गर्ने निर्णय भएको नगरप्रमुख केदार थापाले जानकारी दिनुभयो ।

उहाँले इलाम नगरपालिकामा यस्ता बिरामीको सङ्ख्या बढ्दै गएको र कतिले अझै पनि आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या भएको जनाउँदै सहयोगका लागि कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो । कोष खडा गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनभयो ।

उहाँले नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णयसमेत गरेको जानकारी दिनुभयो । सोही बैठकले पाँचवटा विषयगत समितिसमेत निर्माण गरिएको छ । इलाम नगरपालिका, विषयगत समिति कार्यसञ्चालन कार्यविधि, २०७८ को दफा ३ (१)बमोजिम समितिको संयोजक र सदस्य चयन गरिएको बताइएको छ । कार्यपालिका बैठक नगरपालिकाको फेसबुक पेज र इलाम चोक बजारमा राखिएको डिस्प्लेबाट समेत प्रत्यक्ष अडियो र भिडियो प्रसारण गरिएको थियो ।