📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भुटानसम्बन्धी पुस्तक बजारमा

🕒 June 14, 2022

लेखक डा देवनारायण शर्मा ढकालले लेख्नुभएको भुटानसम्बन्धी पुस्तक आजदेखि बजारमा आएको छ । पुस्तकमा नेपाल भुटानको सांस्कृतिक, ऐतिहासिकसम्बन्ध, नेपाली मूलका भुटानीको अवस्था, शरणार्थी समस्या समाधानका लागि सुझावलगायत विषय समावेश गरिएको छ ।

बौद्ध गुरु पद्मसम्भव खोटाङ हुँदै भुटानको बुङ्फाङ पुगेर बौद्ध दर्शन, साहित्य फैलाउनुभएको, सन् १६१६ देखि नै नेपाली विज्ञ त्यहाँ काम गर्न जाने गरेको ऐतिहासिक तथ्य र सन् १९०७ मा राजतन्त्र सुरु भएको विषयसमेत पुस्तकमा उल्लेख छ । भुटानमा सन् १९९१ देखि नेपाली मुलका भुटानीलाई नेपाल फर्काइएको तथा समस्या समाधान गर्न अहिलेसम्म पटकपटक वार्ता भएको कुरा कृतिमा सङ्ग्रह गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामाजिक शास्त्र सङ्कायको समन्वयमा आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्रविद् डा दिनेशचन्द्र भट्टराईले नेपालमा रहेका बाँकी भुटानीलाई स्वदेश फिर्ता गर्नपर्ने धारणा राख्नुभयो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पुस्तकमा समावेश विषयवस्तु नेपाल र भुटानकाबारेमा विस्तृत अध्ययन गर्न महत्वपूर्ण हुने बताउँनुभयो । वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाल भुटानका सरकारलगायत सम्बन्धित पक्षलाई समावेश गरी भुटानी समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

लेखक ढकालले लामोसमयदेखि नेपालमा बसोबास गर्दै आएका भुटानी अन्तर्राष्ट्रिय समूदायले लगेको भए पनि उनीहरुलाई भुटानले गैरआवासीय भुटानीका रुपमा मान्यता नदिएकामा चिन्ता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामाजिक शास्त्र सङ्काय संयोजक प्रेमराज खनालले दुई देशको प्राचीन इतिहास तथा सम्बन्ध अध्ययन गर्न उक्त कृति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।