📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

टिपर खस्दा चालकको मृत्यु

🕒 June 16, 2022

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको  छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०÷२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।