📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नेपाल अमेरिकासँग पराजित

🕒 June 16, 2022

आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो ।

अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए । छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन÷तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न पुगेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए ।

अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो ।

आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ । नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ ।