📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी

🕒 June 16, 2022

वर्षायामको बाढी पहिराले पुर्याउन सक्ने असरप्रति पूर्वसावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।

वर्षायाम सुरु भइसकेको र भारी वर्षासँगै ठाडो खोल्छाबाट बेजोडले झर्ने भल एवं नदीमा एक्कासि आउने बाढीको जोखिमले हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गराउन, खोज एवं उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायले आफ्ना अधिकृत एवं जवानलाई अभ्यास गराई पूर्वतयारीका साथ राखेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद् व्यवस्थापन समिति तथा सुरक्षा अङ्गमा केही उद्धार सामग्री मौज्दात रहेको, खोज उद्धारका लागि दक्ष जनशक्ति तयार भइसकेका कारण पर्नसक्ने विपद् प्रतिकार्यमा विगतभन्दा यस वर्ष केही सहज हुनेछ ।

वर्षायाममा हुनसक्ने विपत्तिलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो खोज उद्धार गरी ज्युज्यानको रक्षा गर्न नेपाली सेना विष्णुदल गणको संयोजनमा उक्त गणका अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा रसुवा प्रहरीका गरी ५५ सुरक्षाकर्मीलाई तालिम उपलब्ध गराइएको छ ।

विष्णुदल गणद्वारा गोसाइँकुण्ड गाउँपालिका–६ नागुङ गाउँ नजिक पहिरोस्थलमा गरिएको खोज उद्धारको नमूना अभ्यासले स्थानीय बासिन्दालाई समेत सो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न गराउन मद्दत पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

रसुवामा तैनाथ नेपाली सेनाका गणहरूले विगतदेखि बाढी पहिरोको अलावा पवित्र तीर्थ गोसाइँकुण्ड जाँदा लेक लागेर गम्भीर अवस्थामा पुगेका यात्रुलाई समेत छिटो उद्धार गरी पुनः जीवन दिलाउने कार्यमा योगदान पु¥याउँदै आएको छ ।