कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ ।

पाल्पाको रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उहाँले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *