📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नागरिक आरोग्य केन्द्र सञ्चालनमा

🕒 June 17, 2022

नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको
छ ।

आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको उक्त आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानलगायत बारेमा सेवा सञ्चालन हुँदै आएका छन् । पञ्चकर्म विधिबाट उपचार पनि हुने र बाथलगायत रोगमा आयुर्वेद उपचार पद्धति राम्रो हुने आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताउनुभयो ।

यस्तै पायल्स, दमलगायत रोग पनि आयुर्वेद पद्धतिबाट निदान गर्न सकिने बताइएको छ । केन्द्रबाट नागरिकलाई औषधि वितरण हुने र योगका बारेमा जानकारी प्रदान गरिनेछ । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले आयुर्वेद उपचार पद्धतिमा नागरिकको पहुँच बढाउन आरोग्य केन्द्र सञ्चालन गरिएको बताउनुभयो । योससँगै तीन ठाउँमा नागरिक आरोग्य केन्द्र स्थापना भएका छन् । यसअघि पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालन गरिएको थियो ।