📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम

🕒 June 26, 2022

इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो ।

सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनि गरिएको सो कार्यक्रमको शनिबार इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गर्नुभयो । उहाँले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर सुधार गर्न राष्ट्रिय युवा परिषद्ले यस कार्यक्रमका लागि इच्छाकामना गाउँपालिकालाई छनोट गरेकामा धन्यवाद दिनुभयो । गाउँपालिकाले पनि विद्यालयमा युवा स्वंसेवक शिक्षकको परिकल्पना गरेको उहाँले जानकारी दिनुभयो । शिक्षाका लागि पर्याप्त जनशक्ति नभएकाले स्वयंसेवक शिक्षक आवश्यक रहेको उहाँको भनाइ थियो ।

विशेषगरी शिक्षक बिरामी हुँदा विद्यालयका शिक्षिका सुत्केरी भएको अवस्थामा लामो समय बिदा दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा स्वयंसेवक शिक्षकले कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ । यस कार्यक्रमले युवाहरूमा स्वयंसेविका बन्ने भावना पैदा हुने, गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिने अध्यक्ष गुरुङले बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले गाउँपालिका भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग र पिछडिएका समुदायको बसोबास रहेको हुँदा यहाँको शैक्षिक गुणस्तर सुधारमा टेवा पु¥याउन यस कार्यक्रमका लागि इच्छाकामनालाई छनोट गरिएको बताउनुभयो । बेरोजगार युवालाई सामाजिककार्यतर्फ आकर्षण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ । यसरी युवा परिचालन गर्दा उनीहरूमा दक्षता बढ्ने उहाँको भनाइ छ ।

सो कार्यक्रमअन्तर्गत सहभागी युवाहरूलाई शनिबार नै ५० युवालाई एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको छ । प्रशासकिय प्रमुख शर्माका अनुुसार युवाले उक्त तालिमपश्चात आफ्नो टोलको विद्यालयको राम्रा र नराम्रा पक्षको जानकारी लिने छन् । विद्यालयको सुधार गर्नुपर्ने पक्ष के–के छन्, शिक्षक–विद्यार्थी र अभिभावकसँग छलफल तथा अन्तक्र्रिया गरेर भरेका फारम गाउँपालिकामा पेश गर्नेछन् । सोही आधारमा गाउँपालिकाले शिक्षा नीति बनाउने र यसरी बनाएको शिक्षा नीति प्रभावकारी हुने उहाँको भनाइ छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले युवा स्वयंसेवक कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । युवालाई आफ्नो गाउँ टोलको विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि के गर्न सकिन्छ, आफूले सिकेको ज्ञान, सीपको भरतपुर सदुपयोग गर्न आग्रह गर्नुभयो । युवाहरूले चनाखो बनेर चासो राख्दा हरेक क्षेत्रमा सकरात्मक परिवर्तन आउने उहाँको भनाइ छ ।