📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

खानेपानी आयोजनाले स्थानीयवासी हर्षित

🕒 June 28, 2022

जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित दुर्गम बारागाउँमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् । सो गाउँका ५१ वर्षीय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि संघर्ष गर्नुप¥यो ।

एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने र कसैले भुलेर पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद क्षण पुनिबल अहिले पनि झलझल्ती सम्झिनुहन्छ । गाउँमा वर्षैदेखि खानेपानी अभाव हुँदाको पीडा पुनिबल भन्दा बारागाउँकी सन्तली रावतले बढी भोग्नु परेको छ । एक गाग्री पानीका लागि घर छिमेकीसँग भनाभन हुने, कुटाकुट हुने, समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तलीले पोख्नुभयो ।
वर्षोपछि नमूना खानेपानी आयोजना निर्माण हुँदा पूरै गाउँबासीनै उत्साहित छन् ।

गाउँमा ठूलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढी राहत हुने आशा छ ।” सो खानेपानीबाट सरसफाई, सिँचाइसम्म सहज हुने स्थानीयवासी बताउँछन् ।

बारागाउँमा झण्डै १७२ घरधुरीमा ११ सय जनसङ्ख्या छ । गाउँमा बनेको बारागाउँ वृहत्त बहुउपयोगी खानेपानी आयोजनाले सहज बनाएको आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावतले जानकारी दिनुभयो ।

पेश नेपाल जुम्लाद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनामार्फत बारागाउँमा नमूना वृहत बहुउपयोगी खानेपानी आयोजना बनेको हो । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भन्नुभयो, “करिब ६० लाख २५ हजार लगानीमा २८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरिएको छ । करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाइन ल्याइएको छ ।” बारागाउँबासीको आवश्यकतालाई मध्यनजर गरी वृहत्त खानेपानी आयोजना बनाएको पेश नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाबाट गाउँमा १७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिए पनि धारा निर्माण स्थानीयवासीले आफै गरेका छन् । धारा बनाउन मिटर, टुटी सबै उपलब्ध गराइएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खानेपानी आयोजना प्रशंसायोग्य र नमूना भएको बताउनुभयो ।