📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ट्रकमा आगलागी

🕒 June 28, 2022

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक आज बिहान एउटा ट्रकमा आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा ना६ख ५२६३ नंको ट्रकमा अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

चकलेट खाली गरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रक ब्याट्री सर्ट भई सो आगो लागेको प्रहरीको भनाइ छ । आगलागीबाट ट्रकको अगाडिको भागमा पूर्णरुपमा क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको स्थानीयवासीले जनाएको छ । ट्रकमा आगलागी भएपछि तत्काल इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र हनुमानगर कङ्कालिनी नगरपालिकाको बारुणयन्त्रले आगो निभाएका थिए ।