📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर

🕒 June 30, 2022

हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

नगरपालिकाका ११ वडाकै स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्यचौकीको तथ्याङ्कअनुसार नगरपालिकाभित्र जन्मिएर १५ महिना पुगेका ९६ प्रतिशत बालिबालिकाले बिसीजी एक मात्रा, डिपिटी–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा, दादुरा–रुबेला दुवै मात्रालगायत १२ किसिमका खोप पाएको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगर स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिनुभयो । बाँकी चार प्रतिशत बालबालिका नगरपालिका बाहिर रहेपनि उनीहरुले पनि सबै खोप लगाइसकेको उहाँले बताउनुभयो ।

विसं २०७८ वैशाखदेखि २०७९ वैशाखसम्म ५११ बालबालिका जन्मिएकामा ४९१ बालिबालिकाले विभिन्न वडाको स्वास्थ्यचौकीबाट तथा बाँकी २० बालबालिकाले नगरपालिकाभन्दा बाहिरका स्वास्थ्यचौकीबाट १५ महिनासम्ममा लगाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको आचार्यले बताउनुभयो । नगर प्रमुख विमला राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।

सो अवसरमा महादेवस्थान स्वास्थ्यचौकीमा कार्यरत वसन्तकुमारी राईलाई नगदसहित उत्कृष्ट स्वयम्सेविका पुरस्कार प्रदान गरिएको थियो । यसैबीच आर्थिक वर्ष २०७७÷७८ को वार्षिक स्वास्थ्य प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । विसं २०७४ देखि नै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिका लागि परेको र पूर्ण खोप सुनिश्चित नगर बनाइएको नगर प्रमुख राईले बताउनुभयो । आव २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्यलाई अझ प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

नगरपालिकाभित्र बर्थिङ सेन्टर (प्रसूतिगृह) सहितको ११ वटै वडामा स्वास्थ्यचौकी र चार सहरी स्वास्थ्यचौकी सञ्चालनमा छन् । दुई सहरी स्वास्थ्यचौकीलाई सञ्चालनमा ल्याउन तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।