📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व

🕒 July 3, 2022

महोत्तरीमा पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व स्थापित हुने क्रम छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको कार्यवाहक अध्यक्षले पदबहाली गरेलगत्तै बर्दिबास नगर पत्रकार सञ्जाल (महोत्तरी)को नेतृत्व पनि फेरिएको हो ।

महासङ्घ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बराल (सुनिता)ले शुक्रबार कार्यवाहक अध्यक्षको पदबहाली गर्नुभएको थियो । शनिबार सञ्जालको अध्यक्षको जिम्मेवारी २५ वर्षीय युवा पत्रकार ललनकुमार मण्डलले सम्हाल्नुभएको छ । उहाँ महासङ्घ महोत्तरी शाखाको कार्यसमिति सदस्य पनि हुनुहुन्छ ।

महासङ्घको जिम्मेवारीबाट राजीनामा नगरी अध्यक्ष कमलेश मण्डलले गत स्थानीय तह निर्वाचनमा जिल्लाको मटिहानी नगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिस्पर्धा गर्नुभएको थियो । महासङ्घ केन्द्रीय समितिले स्थानीय तह चुनावमा उम्मेदवार हुनुभएका मण्डललाई पदमुक्त गरी खुला उपाध्यक्ष बराललाई कार्यवाहक अध्यक्ष तोकेपछि शुक्रबार उहाँले पदबहाली गर्नुभएको हो ।

त्यसैगरी सञ्जालका अध्यक्ष विक्रमप्रसाद रौनियारले समय दिन नसकेको असमर्थता जनाई दिनुभएको राजीनामा शनिबार सम्पन्न सञ्जालको वार्षिक साधारणसभाले स्वीकृत गरी मण्डललाई उक्त जिम्मेवारी दिएको हो । उहाँलाई शनिबार नै निवर्तमान अध्यक्ष रौनियारले पद हस्तान्तरण गर्नुभएको छ । महासङ्घ महोत्तरी शाखामा जिल्लाका कार्यरत ४१ र सञ्जालमा बर्दिबास नगर क्षेत्रमा क्रियाशील ११ जना पत्रकार आबद्ध छन् ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । यीमध्ये पत्रकार हकहित र पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ बर्दिबास र गौशाला नगरपालिकामा सञ्जाल दर्ता भई सञ्चालनमा छन् ।