📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

🕒 July 3, 2022

चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो ।

गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरुप गल्फ खेलेका थिए । लोवथाङमा गल्फ प्रतियोगिता सञ्चालनबारे तयारी भइरहेको विष्टले बताउनुभयो । उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता सञ्चालनका लागि आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख विनियोजन गरेको छ ।

गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो । गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता सञ्चालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताउनुभयो । लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ । त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदान रहेको छ । उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन् ।

गल्फ खेल्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ । उक्त मैदानसम्म पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ ।