📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘युवा उद्यमशीलतामा लगानी वृद्धि गरिनुपर्छ ’

🕒 July 5, 2022

जिल्ला युवा समितिले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा परिषद्को सहकार्यमा सोमबार काठमाडौँमा आयोजित उक्त कार्यक्रममा समाज परिवर्तनको मेरुदण्डका रूपमा रहेका युवालाई केन्द्रित गरी उद्यमशीलताको विकास गर्नुपर्नेमा सहभागीले सुझाउनुभयो ।

बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले युवालाई नीति निर्माणदेखि नेतृत्वदायी भूमिकामा ल्याउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले निश्चित उमेर समूहका युवालाई उचित व्यवस्थापनका साथै सही मार्गनिर्देशन गर्नुपर्ने जनाउँदै सरकारले युवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, नेपाल पत्रकारमहासङ्घ केन्द्रीय आम सञ्चार तथा प्राज्ञिक विभागका सदस्य कृष्णराज गौतम, नेपाल स्काउटको प्रशिक्षक सन्तोष गिरीलगायतले युवाहरूलाई आर्थिक, सामाजिक, उद्यमशील, स्वास्थ्य एवं खेल क्षेत्रमा थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरले मुलुकको समृद्धिका लागि युवालाई आर्थिक सशक्तीकरण गर्नुपर्ने जानउँदै यसका लागि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताउनुभयो ।

उक्त प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका ३० युवालाई प्रदान गरिएको प्रकोप व्यवस्थापन र समाजसेवाका क्षेत्रमा प्रदेशस्तरीय स्वयंसेवक तालिमका प्रशिक्षार्थीलाई महासेनानी मुनाल बस्नेतले प्रमाणपत्र प्रदान गर्नुभयो । ‘सिर्जनशीलता र युवा उद्यमशीलता प्रवद्र्धन बागमतीमाः युवा सशक्तीकरण’ भन्ने नारासहित तालिम प्रदान गरिएको थियो ।