📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

असहाय गाईबाच्छालाई संरक्षण

🕒 July 7, 2022

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् ।

‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम जारी छ ।

अबोध प्राणीलाई खाद्यान्न र उपचारका लागि सहयोग गर्न जन्मदिनको अवसरमा सामाजिक अभियानकर्मी दीपकसिंह भण्डारीले गोकर्णेश्वर धार्मिक समितिको विशेष कार्यक्रममा रु २५ हजारको थैली प्रदान गर्नुभयो । जन्मदिनका अवसरमा उहाँले यसअघि पनि निरन्तर गाईबाच्छा संरक्षण अभियानमा सहयोग गर्दै आउनुभएको थियो । लायन्स क्लब अफ वासुकी तथा लायन्स क्लब अफ गगनको तर्फबाट समेत पदस्थापनाको अवसरमा रु १५ हजार उपलब्ध भएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यस्तै गाईबाछा संरक्षणका लागि जन्मदिनका अवसरमा जगदिश अर्यालले रु पाँच हजार पाँच सहयोग गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका गोठाटारका राजनीतिक तथा सामाजिक अभियानकर्मी उद्धब दाहालले जन्मदिनको अवसरमा रु पाँच हजार पाँच सहयोग गर्नुभएको छ । गाईबाछाको उपचारका लागि जन्मदिनका अवसरमा सामाजिक अभियानकर्मी रामकृष्ण बरालले रु तीन हजार सहयोग गर्नुभएको छ ।

यस्तै गौशालाका शैषव खनालले गाईबाच्छाको भोजनका लागि रु पाँच हजार र अच्युत पौडेलले रु पाँच हजार सहयोग गर्नुभएको छ । कागेश्वरी मनोहराकी स्व नर्मदा पुडासैनीको स्मृतिमा छोरा उपास र छोरी सुनिताले रु पाँच हजार पाँच उपलब्ध गराउनुभएको छ । जन्मदिनको अवसरमा लायन सुरेन्द्र बलायर र सामाजिक अभियानकर्मी विमल अर्यालले जनही रु पाँच हजार सहयोग गर्नुभएको छ ।

यसैगरी अभियन्ता प्रमेश अधिकारीले समेत असहाय गाईबाच्छाको भोजनका लागि रु तीन हजार उपलब्ध गराउनुभएको छ । अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छा संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको हो ।