📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी सुरु

🕒 July 7, 2022

शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी गर्न थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलव्ध गराउन वडा नं ९स्थित सिसैयाबाट नापी सुरु गरेको हो । जग्गा नाप नक्सा सम्बन्धी कार्यविधिअन्तर्गत रहेर जग्गा नापीको कार्य अगाडी बढाइएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुङगानाले बताउनुभयो । “जग्गा नाप गरी संधियार राखेर फिल्ड मुचुल्का तयार गरिन्छ” उहाँले भन्नुभयो, “तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने हुन्छ । त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बनाइन्छ ।”
यो राष्ट्रिय अभियानको कार्य भएकाले अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलव्ध गराउन सकिन्छ भन्दै कार्य अगाडि बढाइएको अध्यक्ष ढुङगानाले बताउनुभयो ।“विगतका आयोगले जग्गासम्बन्धी समस्या समाधान नगर्दा समस्यको थुप्रो लागेको छ” उहाले भन्नुभयो, “जग्गा एकले कमाउँदै छ तर अर्काले हक दाबी गर्छ । यस्तो अवस्थामा जसको चलनभोगमा वर्षौदेखि जग्गा छ । त्यसैको नाममा जग्गा नापी हुन्छ । वास्तविक जग्गाधनीलाई मात्रै स्वामित्व प्रदान गर्छौ ।”

जग्गा नापी भइ फिल्डबुक कायम भएकाले सेतो जग्गाधनी प्रमाणपत्र पाएकाबारे अध्ययन भइरहेको अध्यक्ष ढुङगानाले उल्लेख गर्नुभयो । नापी सुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिलाई चाँडै जग्गाको मालिक बनाइने बताउनुभयो ।

“जग्गा नापीको कार्य यति चाँडै होला भन्ने सोचेका थिएनौँ” उहाँले भन्नुभयो, “छोटो अवधिमै अव्यवस्थित बसोबासी जग्गाका मालिक बन्न लागेका छन् । चुनाव जितेर आएपछि पहिलो कार्यका रुपमा नापीलाई अगाडि बढाएका छौँ । चुनावका बेला जग्गाको स्वामित्व प्रदान गर्ने कुरा उठाएका थियौँ । त्यो वाचा पूरा गर्न प्रतिबद्ध छौँ ।” जग्गा नापी गर्दा निष्पक्ष रुपमा गर्नुपर्ने उपप्रमुख कल्पना पन्तले बताउनुभयो । “यस कार्यमा सबैको साथ र सहयोग चाहिन्छ” उहाँले भन्नुभयो,“सबैको सहजीकरणको आवश्यकता छ ।” नापी अधिकृत पुष्करबहादुर पालले भूमि आयोगले जारी गरेको निर्देशिका अध्ययन गरी नाप नक्सा गर्नुपर्ने बताउनुभयो ।

वडा नं ९ मा ४३५ र नगरपालिकामा १२ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्रका लागि आयोगको कार्यालयमा निवेदन दिएका थिए । नगरपालिकामा पहिलो चरणमा निस्सा वितरणको कार्य पूरा भएका वडा नं १, ३ र ९ मा नापीको कार्य हुने बताइएको छ । कञ्चनपुर जिल्लाको बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा जग्गा नापीको कार्य सुरु भएको छ । जिल्लामा हालसम्म तीन हजार १५१ भूमिहीन, दलित र सुकुम्बासीले बसोबासका लागि फाराम भरेका छन् । उनानचालिस हजार अव्यवस्थित बसोबासी र आयोगको जिल्लास्थित कार्यालयबाट छ हजार ४१७ जनाले जग्गाको अधुरो कार्यका लागि फाराम भरेका छन् ।