📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट रु दुई करोड राजस्व सङ्कलन

🕒 July 19, 2022

ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताउनुभयो । जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उहाँले बताउनुभयो । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए ।

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत रु ८४ लाख १५ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको थापाले जानकारी दिनुभयो । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा रु ७७ लाख ५६ हजार ५०० र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

चार हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट रु २५ लाख ८३ हजार ५०० र एक हजार ७४३ ट्र्याक्टर चालकबाट रु ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८÷७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए ।