📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मधेस प्रदेशको पूर्वपश्चिम लोकमार्गमा सिसीटिभी

🕒 July 19, 2022

पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सिसीटिभीबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई सिसीटिभीमार्फत निगरानी गर्न थालिएकोे हो । पूर्व–पश्चिम र लोकमार्गमा गुड्ने सवारी साधनको तीव्रतामा निगरानी गर्न सिसीटिभी प्रयोगमा ल्याइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सिसीटिभीको फुटेज प्रयोग गरी कारबाही सुरु गरिएको हो ।

मधेस प्रदेशको पाँच स्थानमा सिसीटिभी जडान गरिएको र सवारी साधनको गति सोहीअनुसार मापन गरिएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालयको बारा, महोत्तरी, सिरहा र सप्तरीमा गरी पाँच स्थानमा सिसीटिभी विथ रडारगनसमेत जडान गरिएको छ । सिसी टिभीको जडानले दुर्घटना गरेर भाग्ने सवारी साधनको पहिचान खुल्न सजिलो हुनाका साथै तीव्र गतिमा सञ्चालित सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन सहज भएको सप्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलजङ्ग थापाले बताउनुभयो ।

प्रायः जङ्गल क्षेत्रमा पर्ने हाइवे सडकखण्डमा सवारी साधनले दुर्घटना गरी भाग्नेलाई कारबाही गर्न र कुनै समस्यामा पर्नेलाई सिसीटिभीमार्फत निगरानी गर्न सजिलो भएको बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुुभयो । चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको र सिसीटिभीको फुटेजमार्फत त्यस्ता सवारी साधनलाई कारबाही गर्न झन सहज भएको सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टुकेन्द्र श्रष्ठले बताउनुभयो ।

राडारगन र सिसीटिभीको माध्यमले बढी गतिका सञ्चालित यात्रुबाहक सवारी साधन, मोटरसाइकल र मालबाहक सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले उल्लेख गर्नुभयो । उहाँका अनुसार तीव्र गतिले सडकमा गुडेको सवारी साधनलाई सिसीटिभी फुटेजमार्फत कारबाही गर्न सहज हुनाका साथै राजस्व पनि वृद्धि भएको छ ।