📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

इञ्जिनीयर सम्मानित

🕒 July 20, 2022

साठीऔँ इञ्जिनीयर दिवसको अवसर पारेर आज नेपाल इञ्जिनीयर्स एशोसिएशनले वरिष्ठ इञ्जिनीयरलाई सम्मान गरेको छ ।

नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेश समितिद्वारा जनकपुरधाममा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा वरिष्ठ इञ्जिनीयस चन्देश्वर रौनियार, प्रकाश चन्द्र साह, गिरिधारी साह, कृष्णचन्द्र साह, ननन्दकिशोर यादव, रामरतन यादवलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाल इञ्जिनियर्स एशोसिएशन मधेस प्रदेश समितिका अध्यक्ष इञ्जिनीयर गौरी पण्डितले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यस्तै सवारी दुर्घटनामा परी निधन भएका इञ्जिनीयर सतिश गोइतको परिवारलाई सम्मान गर्दै आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेशका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यलाईसमेत सम्मान गरेको जनाइएको छ ।

नगर प्रमुख साहले विकास पूर्वाधार निर्माणमा इञ्जिनीयरको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले विकास निर्माणको गुणस्तरीयता वृद्धिका लागि इञ्जिनीयर सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले इञ्जिनीयरबाट थोरै कमजोरी भए त्यसले ठूलो क्षति हुनसक्ने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

तीन दिनसम्म विविध कार्यक्रम गरी ६०औँ इञ्जिनीयर दिवस मनाइएको नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेश समितिले जनाएको छ । मङ्गलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए ।