📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

तीर्थयात्रा सहजताका लागि उपसमिति गठन

🕒 July 20, 2022

यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो । यही साउन २७ गते जनैपूर्णिमा पर्वमा १५ हजार भक्तजन आउने लक्ष्यका साथ गोसाइँकुण्ड क्षेत्र विकास समिति पूर्वतयारीमा जुटेको हो ।

रसुवाको प्रवेशद्वार बेत्रावतीबाट भगवान् शङ्कर विराजमान रहनुभएको निलाद्री पर्वतको उच्च भागसम्म उपसमितिले यात्रुलाई सेवा पु¥याउने बताइएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार विशेष पर्वका लागि साउन २१ गतेदेखि पवित्रकुण्डमा भक्तजनको ठूलो आगमन हुने पूर्वानुमान गर्दै होटल तथा लज तयारी पार्न व्यवसायीलाई अनुरोध गरिएको छ ।

वर्षायाम भएकाले बेत्रावती, कालिकास्थान, धुञ्चे, चन्दनबारी, लौरिविनायकको मार्ग प्रयोग गर्दा सुरक्षित हुने समितिले सुझाव दिएको छ । लेक लागेर यात्रु बिरामी परेमा रसुवामा कार्यरत सुरक्षा निकायले उद्वार गर्ने, यात्राका क्रममा फाट्टफुट्टरूपमा हुनसक्ने बिरामीको समस्या हल गर्न धार्मिक मार्गका विभिन्न स्थानमा स्वास्थ्य शिविर राख्नेसमेत तय भएको छ ।

नैपूर्णिमाको अवसरमा आगमन हुने यात्रुको सुरक्षा व्यवस्था मजबुत पार्न नेपाल प्रहरीले आफ्नो सुरक्षा तालिका बनाइसकेको उल्लेख गर्दै प्रहरी प्रमुख कुलदीप चन्दले सवारीसाधन व्यवस्थापन गर्न पार्किङ क्षेत्र निर्धारण गरिएको बताउनुभयो ।