📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

खरका छाना हटाउने अभियान

🕒 July 25, 2022

कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ ।

खरले छाएका घरघरपरिवारलाई जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाभित्रका सबै खरले छाएका घरलाई विस्थापित गरेर जस्तापाताले छाउने अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “हामीले पहिलो चरणमा खरले छाएका २९ घरधुरीलाई जस्तापाता वितरण गरेको छौँ”, उहाँले भन्नुभयो, “अन्य खरकाले छाएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ ।”

गाउँपालिकामा खरले छाएका केही घरको भइसकेको र केही घरको बाँकी रहेकाले सबैलाई जस्तापाता वितरण गरेर गाउँपालिकालाई खरको छानामुक्त गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष सिंहले बताउनुभयो । “निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, उहाँहरुलाई लक्षित गर्ने अभियान सुरु गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गरिएको छ ।”
–––