📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

झापामा एक हजार ९८८ उद्योग दर्ता

🕒 July 25, 2022

झापामा आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता रू पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् । त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका ती उद्योगको स्थायी पुँजी रु एक अर्ब ४४ करोड ७९ लाख ३३ हजार र चालु पुँजी रु ती अर्ब छ करोड ७२ लाख ४१ हजार रहेको कार्यालयका उद्योग अधिकृत टङ्कप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमा एक हजार १९६ पुरुष र एक हजार १६६ महिला गरी दुई हजार ३८९ उद्यमी रहेका छन् । ती उद्योगबाट एक हजार ४०६ महिला र एक हजार ५६६ पुरुष गरी दुई हजार ९७६ जनाले रोजगारी पाउने छन् । ती उद्योग दर्ताबापत कार्यालयले रु ७७ लाख १७ हजार ९०० राजस्वसमेत सङ्कलन गरेको कार्यालयले जनाएको छ ।