📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

महत बस्ती जोखिममा

🕒 July 26, 2022

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन् ।” बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

वर्षाकै कारण भुम्लु –१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको भवन छेउ भासिएको छ ।