📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय तहलाई उत्तरदायी बनाइएको छ : मन्त्री रेग्मी

🕒 July 28, 2022

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रेग्मीले उक्त व्यवस्थाले ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको यो विधेयक प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा आएको हो । मन्त्री रेग्मीले ज्येष्ठ नागरिक गाउँमा तर सहरमा छोराछोरी आएर बस्ने प्रवृत्ति बढेको र ज्येष्ठ नागरिकलाई सन्तानबाट दुव्र्यवहार तथा हिंसाका घटनासमेत सुन्नमा आएको बताउनुभयो । उहाँले पढेलेखेकाले पनि आफ्ना अभिभावकलाई आश्रममा छाड्ने गरिएकाले यस विधेयकमा उहाँहरुका सवालमा सन्तानलाई उत्तरदायी बनाइएको छ ।

सन्तान उत्तरदायी भएन भने स्थानीय सरकारलाई उत्तरदायी बनाइएको उहाँले जानकारी दिनुभयो । सन्तानले घरलाई नै स्वर्ग बनाएर बस्न सक्ने वातावरण निर्माण गर्ने गरी विधेयक आएको जानकारी दिनुभयो । उक्त विधेयकमा वृद्धवृद्धा स्वयंले उजुरी गर्न नसकेमा छिमेकीले उजुरी गरेमा पनि कानुन आकर्षित हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले ज्येष्ठ नागरिक इजलास गठन गर्न सक्ने व्यवस्था पनि गरेको जानकारी दिँदै कर्तव्य पूरा नगरी अंशसमेत खान नपाउने व्यवस्था कानुनमा रहेको जानकारी दिनुभयो । यसअघि छलफलमा भाग लिँदै सांसद तुलसाकुमारी दाहालले ज्येष्ठ नागरिक राष्ट्रको गहना भएकाले उहाँहरुको सीप, ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ज्येष्ठ नागरिकहरू उहाँका परिवार र सन्तानको बोझ बनिरहेका र वृद्धाश्रममा पठाउने काम गरिरहेकाले उनीहरुलाई नसिहत दिने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको थियो । उहाँले स्थानीय तहले उहाँहरुका सन्तान र परिवारलाई दण्डित गर्ने र उहाँहरुको संरक्षण गर्ने व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो ।

बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।