📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कार्यगत एकता

🕒 August 1, 2022

यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नेबारे यातायात व्यवसायीबीच कार्यगत एकता हुने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीबीच आइतबार बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि कार्यगत एकता गर्ने निर्णय गरेको हो ।

दुई महासङ्घबीच विसं २०७२ मा गठन भएको ‘यातायात व्यवसायी महासङ्घ समन्वय समिति नेपाल’को दुवै महासङ्घका नयाँ पदाधिकारी चयनभएसँगै पहिलोपटक बैठक बसेर कार्यगत एकता गर्ने निर्णय गरेको समितिका संयोजक एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

पछिल्लो समय भारतीय मालवाहक ट्रकले सामान आयात गर्दा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् भने सरकारले तोकेको भाडासमेत लिन सकेका छैनन् । यस्तै, सार्वजनिक यातायात क्षेत्रमा पनि थुप्रै समस्या रहेको भन्दै दुवै महासङ्घभित्रका समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्ने बैठकले निर्णय गरेको हो ।

बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष स्वाँर, निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, महासचिव डेकनाथ गौतम, नेपाल ट्रक व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष हीरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, महासचिव राजेन्द्रविक्रम बाँनियालगायतको उपस्थिति रहेको थियो ।