📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

🕒 August 1, 2022

गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो ।

बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिर हाताभित्रको १५० रोपनी जमिनमा हरेक वर्ष तेस्रो साउनको सोमबार फलफूल एवं औषधिजन्य बिरुवा वृक्षरोपण गर्ने चलन रहँदा त्यस कामलाई पूर्णता दिएका छाँै ।”

आफूहरुले सो अघि ३५ जातका रुद्राक्ष, पारिजात, अमलाका साथै विभिन्न फूलका बिरुवा रोपेर मन्दिरको वातावरण स्वच्छ तथा हराभरा बनाइरहेको खड्काले सुनाउनुभयो । श्रीस्वस्थानी वर्तकथामा आधारित धार्मिक मान्यता बोकेको सो शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो पनि लागिरहेको मन्दिरका पुजारी गङ्गाराम गौतमले बताउनुभयो ।

विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेका साथै भएकाले रक्षाका लागि सतीदेवीको उपल्लो आँेठ पतन भएर उत्पत्ति भएको सो महादेवको मूर्ति प्राकृतिक रहेकाले ज्योतिर्लिङ्ग शिवका रुपमा समेत पुज्ने गरिएको गौतमको भनाइ छ ।