📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

अस्पताल निर्माण गर्न माग

🕒 August 3, 2022

सुनसरीको गढी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण पुनः सञ्चालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

नागरिक समाज औरावनी सुनसरीले गाउँपालिका क्षेत्रभित्र अस्पताल नहँुदा समस्या हुँदै आएकाले सङ्घीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग गरेका छन् ।

गढी गाउँपालिका–२ का सोभन यादवका नाति श्रीप्रसाद यादवका छोरा विश्म्बर यादवले सङ्घीय सरकारको नीतिअनुसार गत वर्ष नै सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि १६ कट्ठा जग्गा दान गरेको र शिलान्यास गरिएको तर हालसम्म काम अगाडि नबढेकाले स्थानीयवासी र नागरिक समाजको ध्यानाकर्षण भएको स्थानीयवासी देवी काजीले बताउनुभयो ।

गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गर्नुभएको एक वर्ष बढी बित्दासमेत निर्माणका लागि बोलपत्र नभएकाले काम अगाडि बढाउन तत्काल नयाँ बोलपत्र आह्वान गरी अस्पताल निर्माणको स्थानीयवासी मुवारक खाँणले माग गर्नुभयो ।

गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निकै उल्लासका साथ शिलान्यास गरिएको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माण सुरु नभएकाले स्थानीयहरुको चासोको विषय बनेको खाँणले बताउनुभयो ।

भमरीमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर ठेक्काको आह्वान गर्नुपर्नेमा त्यो काम अगाडि नबढेकाले आफूहरुलाई शङ्का लागेको गढी–१ का वडा सदस्य मोहमद भोलाले जानकारी दिनुभयो ।
पालिकामा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा केही बजेट उपलब्ध गराएको भए पनि काम अगाडि नबढेकाले ओझेलमा परेको गढी–२ का निवर्तमान वडाध्यक्ष अरुण चौधरीले जानकारी दिनुभयो ।

प्रेस विज्ञप्तिमार्फत नागरिक समाज औरावनीले भमरीमा अस्पतालको आवश्यक रहेको र हुलाकी मार्गमा पर्ने तथा सबै वडालाई पायक पर्ने भएकाले तत्काल बोलपत्र आह्वान गरी निर्माण कार्य पुनः सञ्चालन गर्नुपर्ने माग गरेको हो ।