📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

प्रजातन्त्र सेनानी वादेको निधन

🕒 August 3, 2022

प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहनुभएका उहाँका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिनुभयो ।

पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व हुनुहुन्थ्यो । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुग्नुभएका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लाग्नुभएको थियो । वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।

वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गर्नुभएको थियो । उहाँकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो । स्व वादेका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।