📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह

🕒 August 3, 2022

मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्नुभयो ।

“हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“तर केन्द्र सरकारले कुनै गम्भीरता देखाएको छैन्, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर केन्द्र सरकार विरुद्ध सङ्घर्षमा उत्रिन्छौँ ।”

प्रहरी समायोजनका लागि केन्द्र सरकारलाई दबाब दिन यही साउन २२ गते प्रदेश प्रमुखमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र पठाउने मन्त्री साहको भनाइ थियो । प्रदेशका सबै राजनीतिक दल, प्रदेशसभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुखमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र पठाउने जनाउँदै मन्त्री साहले ज्ञापनपत्र पश्चात पनि प्रहरी समायोजन नभए एक सातापछि चरणबद्ध आन्दोलनमा उत्रिने

बताउनुभयो ।

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको र मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वकमा पुगेर छुट्टै आग्रह गरेपनि केन्द्र सरकार त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुहुँदै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकोले बाध्य भएर प्रदेश सरकार सङ्घर्षमा उत्रिन लागेको उल्लेख गर्नुभयो ।

कुलोमा युवकको शव फेला

धनुषाको मिथिला नगरपालिका– ५ विश्रामपुरस्थित कुलोमा एक युवकको शव फेला परेको छ । सनाखत हुन नसकेको अन्दाजी करिब ४० वर्षीय युवकको शव कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तला रङको कट्टु लगाएको तथा तराई मुलका जस्तो देखिने ती युवकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।