📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नारच्याङमा चिस्यान गृह

🕒 August 4, 2022

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा फलफूल र तरकारी भण्डारण गर्ने चिस्यानगृह निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोले चिस्यानगृह बनाएको हो ।

कृषि फार्मका सञ्चालक प्रेम गुरुङले १० हजार किलोग्राम तरकारी र फलफूल भण्डारण गरेर राख्न सकिने क्षमताको चिस्यानगृह बनाएको बताउनुभयो । “यस क्षेत्रका कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यानगृह बनाइएको हो”, उहाँले भन्नुभयो, “बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका
छौँ ।”

सुन्तलालाई दुई महिना, स्याउलाई पाँचदेखि छ महिना भण्डारण गरेर राख्न सकिने गुरुङले बताउनुभयो । माघ–फागुनमा नारच्याङ, दाना, भुरुङ, तातोपानी, घार, हिस्तानमा उत्पादन भएको सुन्तला र भदौ–असोजमा मुस्ताङको स्याउ भण्डारण गर्ने योजना छ ।

चिस्यानगृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउने उपकरण जडान गरिएको छ । बेमौसममा सुन्तला र स्याउ बिक्री गर्दा दोब्बर मूल्य पारेर बढी आम्दानी लिन सकिन्छ । सिजनमा उचित मूल्य नपाउने समस्या पनि चिस्यानगृह सञ्चालन भएपछि हट्ने अपेक्षा गरिएको छ ।

चिस्यानगृह बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयले गत आर्थिक वर्ष २०७८÷७९ मा रु १३ लाख अनुदान उपलब्ध गराएको थियो । कुल रु २३ लाख खर्च भएको चिस्यानगृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालकले रु १० लाखभन्दा बढी लगानी गरेको बताएका छन् ।

सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले नारच्याङमा म्याग्दी जिल्लामै पहिलोपटक आधुनिक चिस्यानगृह निर्माण भएको बताउनुभयो । उहाँका अनुसार परियोजनामार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा फलफूल भण्डारणका लागि सातवटा चिस्यानगृह निर्माण भएका छन् ।

आव २०७९÷८० मा चारवटा चिस्यानगृह स्थापना गर्ने लक्ष्य छ । आव २०७६÷७७ मा पाँच टन क्षमताको एक, २०७७÷७८ मा ४२ टन क्षमताका तीनवटा र २०७८÷७९ मा ३० टन क्षमताका तीनवटा चिस्यानगृह स्थापना भएका कृषि अधिकृत बस्यालले बताउनुभयो ।